फ्ल्यास ब्याक २०७१! ईतिहासले सम्झनेछ प्रनभको सफलता

एउटा नेपाली छोरो जसले देशको  शान मात्र राखेन, विश्वलाई चकित बनाउंदै भन्यो, ” हामी नेपाली बिधार्थी केहि कुरामा कम छैनौं ”  : एओसीले ईतिहास रच्यो , नेपाली विधार्थी प्रनभ प्रतिक तुल्श्यान बने आईसिएआई टपर

नेपाली सिए क्षत्रको इतिहास मै पहिलो पटक नेपाली विधार्थीले आईसीएआई टप गरेका छन्।  एओसीका छात्र प्रनभ प्रतिक तुल्श्यानले कुल ९४ प्रतिशत ल्याउँदै आइसीएआई टप गरेका हुन्।  सिपिटिको नतिजा सोमबार प्रकाशित भएको हो।  प्रकाशित नतिजा अनुसार उनले एकाउण्ट्समा ५३ , मर्कनटाइल ल मा ४० मा ४० , इकोनोमिक्समा ४८ र म्याथ + स्ट्याटमा ४७ गरि कुल अंक १८८ ल्याएका हुन्। सीपीटिमा यसपाली पनि लाखौँ विधार्थीले परिक्षा दिएका थिए।
को हुन् प्रनभ प्रतिक ?: काठ्माण्डुको अरनिको बोर्डिङ्ग स्कुलबाट एसएलसी उतिर्ण गरेका प्रनभले काठमान्डू मोडल कलेजबाट प्लस टु उतिर्ण गरेका हुन्।  पुतलीसडक स्थित एओसीमा सिपिटिको कोचिङ्ग कक्षा पढेका प्रतिक हाल काठमान्डूमा बसोबास गर्छन। सीपीटिको कक्षा सुरु नगर्दै आफु रर्याङ्क होल्डर बनी छाड्ने अठोट लिएका उनको सपना आखीरमा पूरा भएको उनी  बताउंछन्।  अब एओसी मै अध्ययन गरी आइपीसीसीमा पनि र्याङ्क ल्याउने अठोट लिएका प्रनभले पाएको सफलतामा एवोसीमा हाल सबैले खुसि मनाइरहेका छन्।
सातौँ र्याङ्क पनि एओसीबाटै : नेपालबाट पहिलो पटक आइसीएआई अन्तर्गत पहिलो र्याङ्क ल्याएको एओसीले सातौँ र्याङ्क समेत ल्याउन सफल भएको छ।  एओसीकै विधार्थी मंजिता खड्काले सीपीटिको परिक्षामा सातौँ र्याङ्क ल्याउन सफल भएकी हुन्।